पूर्व सचिव अधिकारी राप्रपामा प्रवेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्व सचिव अधिकारी राप्रपामा प्रवेश


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । सक्रिय राजनीतिमा प्रवेश गरेका अधिकारी पर्यटन मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवल शमशेर जबरा लगायतले पार्टीमा स्वागत गरेका छन् । सोही कार्यक्रममा नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंह(अप्रा), मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा, स्त्री रोग विशेषज्ञ डा. सूर्यबहादुर गुरुङलगायतका विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टी प्रवेश गरेको राप्रपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस