६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ


५ बैशाख २०७९, सोमबार


पक्राउ

काठमाडौँ । पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैयाँको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले २२ बर्षिय अनुप मिश्र, २४ बर्षिय दिपेश थापा र २७ बर्षिय राहुल चचानलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ ।

अपराध महाशाखाका अनुसार उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाईनको कारोबार गर्ने गरेको जनाएको छ । महाशाखाले भनेको छ, उनीहरूले व्यापारिक प्रयोजनका सामाग्रीहरू विदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस