राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा


५ बैशाख २०७९, सोमबार


दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको थियो ।

सो ठाउँबाट उत्खनन गर्न पालिकाले अनुमति नदिएको नगरप्रमुख केसीले बताए । उत्खननमा प्रयोग भएका सवारी साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन केसीले जानकारी दिए ।

लमही नगरपालिकाले यो वर्ष ९ स्थानमा नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस