एमालेले होलीवाइन र राजा महाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेले होलीवाइन र राजा महाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।

पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम(लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजा महाराजाहरूको गठबन्धन’ बिच प्रतिस्पर्धा हुने बताए ।

प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दुवादी र राजा महाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’,

राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस