भारतमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमण ३५ प्रतिशतले बढेको छ । 

भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा सङ्क्रमण ह्वात्तै बढेको छ ।

अघिल्लो साता भारतमा ४९०० सङ्क्रमित थपिएकोमा यो साता ६६१० सङ्क्रमित थपिएका छन् । 

दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले सङ्क्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ ।

दिल्लीका स्कुले विद्यार्थीहरूमा सङ्क्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन-पाठन बन्द गर्ने बारे छलफल हुँदै छ । 

दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको सङ्क्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दै छ ।

भारतका अरू राज्यहरूमा भने कोरोनाको सङ्क्रमण बढेको देखिँदैन । 

भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस