‘स्वतन्त्र न्यायपालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘स्वतन्त्र न्यायपालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने’


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहीन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बारको गत चैत १९ गते सम्पन्न भएको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले हिजो (आइतबार) जारी गरेको प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

बारको चार वटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यायपालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ ।

‘यस कार्यसमिति नेपाल बार एशोसिएशनको मूल्यमान्यताको संरक्षण, सम्वद्र्धन गर्ने कार्यमा दत्तचित्त भइरहने प्रण पनि गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘विकृति, विसङ्गति, भ्रष्ट्राचारविहीन स्वच्छ–सक्षम निष्पक्ष, न्यायपालिका, मर्यादित र सक्षम कानुन व्यवसायका लागि कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौँ ।’

नवनिर्वाचित पदाधिकारीले नववर्ष २०७९ ले व्यावसायिक आचरण पालना गरी व्यावसायिक र मर्यादित बार बनाउन सबैलाई प्रेरणा देओस् भन्ने शुभकामनासमेत विज्ञप्तिमार्फत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस