सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाका लागि चार डिआइजीले योग्यताका प्रमाणपत्र पेस गरेका थिए । जसमध्ये वरियताको पहिलो नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।

बढुवाका लागि अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशी दाहालले निवेदन दिएका थिए ।

सम्बन्धित समाचार : रिक्त एआईजीका लागि ४ डिआइजीको आवेदन

एआईजीमा बढुवा सिफारिस भएका अर्याल आइजिपी बन्ने निश्चित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस