कोभिड नियन्त्रणमा नेपालको प्रयास प्रशंसनीय -एडिबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड नियन्त्रणमा नेपालको प्रयास प्रशंसनीय -एडिबी


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । एसियाली विकास बैङ्क(एडिबी)का उपाध्यक्ष सिक्सिन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै नेपालसँगको साझेदारीलाई अझ सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा चेनले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने बताएका छन् ।

पूर्वाधार र मानव विकासमा सरकारको सुधार र लगानीमा ध्यान केन्द्रित गर्दै नेपाललाई सहयोग जारी राख्न एडिबी प्रतिबद्ध रहेको जनाउँदै चेनले कोरोना भाइरसको महामारीको व्यवस्थापनमा सरकारको पहलकदमीको प्रशंसा गरे ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएकोमासमेत सरकारको प्रशंसा गरेका उनले यसले हवाई सञ्जाल विस्तार र पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस