सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक भोलि पनि बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक भोलि पनि बस्ने


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।

आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

छलफल जारी रहेको बताउँदै उनले भने, ‘हामीले खडा गरेका उम्मेदवारलाई जित कसरी सुनिश्चित गराउने र कसलाई उम्मेदवार खडा गर्ने बारेमा छलफल भयो । छलफल चलिरहेको अरू एक दिन छलफल चल्न सक्छ ।’

बिहान बसेको शीर्ष तहका नेताको बैठकले सोमबार महानगरको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस