समिट एयरको जहाज जोगियो दुर्घटनाबाट, काठमाडौँमा सुरक्षित अवतरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समिट एयरको जहाज जोगियो दुर्घटनाबाट, काठमाडौँमा सुरक्षित अवतरण


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको समिट एयर जहाजकाे दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौँमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाडौँबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौँ डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौँमा आपत्कालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस