प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरूको भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरूको भेट


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लव समूहका नेताहरूसँग भेट गरेका छन् ।

आइतबार (आज) भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताएका छन् ।

भेटमा विप्लव समूहबाट नेता बास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस