सत्ता गठबन्धनले महानगरको भागबन्डा भोलि टुङ्ग्याउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ता गठबन्धनले महानगरको भागबन्डा भोलि टुङ्ग्याउने


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबन्डा सोमबारसम्म टुङ्गो लगाउने भएको छ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस