दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दसौँ हजार घरबारविहीन भएका छन् ।

ठुलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन् ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्‍याएको छ भने घरहरू बगाएको छ ।

दक्षिणपूर्वी क्वाजुलु–नाताल ९केजेएन० प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस