बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा


४ बैशाख २०७९, आइतबार


मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ ।

त्यसै गरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।

युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् ।

धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस