ओली विक्षिप्त भएका छन्, हालत खराब हुनेवाला छ : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओली विक्षिप्त भएका छन्, हालत खराब हुनेवाला छ : प्रचण्ड


३ बैशाख २०७९, शनिबार


पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् ।

महानगर र उपमहानगरमा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले बताएका हुन् ।

उनले भने, ‘हामीले निर्णय गर्छौँ ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ । अरू तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाईँहरू ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ ।’

माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दलदलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीको असली रूप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैँ भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ ।’ यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस