भोलिसम्म स्थानीय तहको तालमेलको टुङ्गो लाग्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलिसम्म स्थानीय तहको तालमेलको टुङ्गो लाग्छ : अध्यक्ष प्रचण्ड


३ बैशाख २०७९, शनिबार


चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज (शनिबार) बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए ।

उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुङ्गोमा पुग्छौँ ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिच रहेको बताए ।

भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए ।

गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुङ्गिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस