पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते


३ बैशाख २०७९, शनिबार


बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो (शुक्रबार) साँझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

बस सडकबाट चार सय मिटर तल खसेर भएको दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।

घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस