श्रीलङ्कामा लोडसेडिङ अझै बढ्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्कामा लोडसेडिङ अझै बढ्ने


३ बैशाख २०७९, शनिबार


कोलम्बो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत् कटौतीको समय अझै बढ्ने भएको छ ।

सरकारी अधिकारीहरुले विद्युत् कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत् कटौतीको समय बढेको जानकारी दिएका हुन् ।

अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म बिजुली कटौती हुने भएको छ । रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ ।

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी बिजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।

बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

अभाव, मूल्य वृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालीन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ ।

आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरुको समेत अभाव भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस