करेन्ट लागेर मृत्यु भएको युवाको शव बुझे आफन्तले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करेन्ट लागेर मृत्यु भएको युवाको शव बुझे आफन्तले


२ बैशाख २०७९, शुक्रबार


चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् ।

बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडा गाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । निजको पशुपति चौँलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस