देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौँ : लिङ्देन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौँ : लिङ्देन


२ बैशाख २०७९, शुक्रबार


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट गरेका छन् ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले अन्य पार्टीसँग औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।’ आसन्न निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए । उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ।

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरूमा निःशुल्क शिक्षा दिने बताए ।

उनले भने, ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।ु फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए । उनले भने,ु राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरू पार्टीबाट बाहिरिएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस