सरकार र जनमत पार्टीबिच वार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र जनमत पार्टीबिच वार्ता


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

राउतसहित पार्टीका नेताहरूले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि कार्यान्वयन गर्न माग गरेका हुन् ।

विभिन्न आरोपमा थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने जनमत पार्टीको माग छ ।

जवाफमा गृहमन्त्री खाँणले मूलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको बताएका छन् । साथै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस