राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य


२ बैशाख २०७९, शुक्रबार


तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ ।

अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, ‘एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।’ अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।

अस्पताल ६० शय्याको छ । यसमा आइसियु, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । ‘कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ’, उनले भने, ‘नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस