काठमाडौँ महानगरमा एमालेबाट प्रमुखको उम्मेदवारमा पाँचको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरमा एमालेबाट प्रमुखको उम्मेदवारमा पाँचको नाम सिफारिस


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ ।

वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए ।

जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । उनले भने, ‘केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।’ उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ ।

नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस