३९ जिल्लाका मतपत्र तयार, दैनिक ८ लाख छापिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३९ जिल्लाका मतपत्र तयार, दैनिक ८ लाख छापिँदै


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनका क्रममा ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएका हुन् ।

निर्वाचन तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न गरेको छ । ‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज (२०७९ वैशाख १ गते बिहीबार)सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,’ आयोगले भनेको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’

आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो । दुर्गमका जिल्लामा सुगमका जिल्लामा भन्दा अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले पहिले ती जिल्लाका लागि मतपत्र छपाइ गरिएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस