नेता रावलको प्रश्न : सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेता रावलको प्रश्न : सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो?


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरू दलका नेताहरूलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्।

उनले सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो ? भन्दै प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजितीमात्र !’

एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन सहमति गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस