माओवादी र कम्युनिस्ट शक्तिबिच एकताको आवश्यकता : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादी र कम्युनिस्ट शक्तिबिच एकताको आवश्यकता : प्रचण्ड


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबिच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् ।

खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बिच एकजुट हुन आग्रह गरे ।

प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिद्ध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरू त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तर्विरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताए । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस