अस्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अस्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध


१ बैशाख २०७९, बिहिबार


क्यानबेरा । अस्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य(स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ ।

एक आधिकारिक विज्ञप्ति अनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेसन जस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन् ।

प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रुसी इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको लगभग ८० प्रतिशत उत्पादन ओगट्दछ ।

तिनीहरू रुसी रेलवेसँग पनि सम्बन्धित छन् जुन विश्वको सबैभन्दा ठुलो यातायात कम्पनीहरू मध्ये एक हो ।

अस्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदमले रुसी अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छ ।

युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोर्‍याउँदै, अस्ट्रेलिया सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतहरूसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा विशेष सैन्य अपरेशनू सुरु गर्‍यो जसलाई पश्चिमा देशहरूले अप्रत्याशित युद्धको संज्ञा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस