रुसले अमेरिकी काँग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुसले अमेरिकी काँग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो


१ बैशाख २०७९, बिहिबार


मस्को । रुसले अमेरिकी काँग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरू विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को लहरु को प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो ।

यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपिल गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस