तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन् ।

उनले सबैको क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभई निर्वाचनमा लाग्नुपर्ने बताए । विगतको वर्ष कष्टकर रहेको भन्दै डा. कोइरालाले नयाँ वर्षलाई उत्साह र एकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

उनले पार्टीभित्र भएका मतभेद र मतभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै जाने बताए । उनले नयाँ वर्षको सुखद उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस