आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।

बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडा दर आजदेखि लागू भएको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २५ गते नै भाडा वृद्धि गरेको थियो ।

सम्बन्धित समाचार : सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने

सम्बन्धित समाचार : ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित)

समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडा दर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडा दर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस