नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस


३० चैत्र २०७८, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को प्रहरी नायब महानिरीक्षक(डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस