गोदावरीका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोदावरीका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गोदावरी नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस