एमालेबाट वीरगन्जको मेयरमा विजय सरावगी सर्वसम्मत सिफारिस « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमालेबाट वीरगन्जको मेयरमा विजय सरावगी सर्वसम्मत सिफारिस


३० चैत्र २०७८, बुधबार


वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

आज (बुधबार) बसेको एमालेको वीरगन्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।

बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालीन सङ्घीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए

Tags :
प्रतिक्रिया दिनुहोस