नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखी हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखी हुने


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखी २८ गतेसम्म आयोजना हुने भएको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए ।

फागुनमा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद कोरोना तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादले गर्दा कहिले हुने भनेर अन्योलमा रहेको थियो ।

नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुनेछ । नेपालगन्जमा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद २०७५मा भएको थियो ।

आठौँ राष्ट्रिय खेलकुदमा १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा आयोजना गर्नुपर्ने थियो ।

तर, विश्वव्यापी रूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना नभएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस