नेप्से २४१५ अङ्कमा , सबै उपसमूह बढे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेप्से २४१५ अङ्कमा , सबै उपसमूह बढे


३० चैत्र २०७८, बुधबार


शेयर बजार

काठमाडौँ । वि.सं. २०७८ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २४१५ अङ्कमा पुगेको छ । बुधबार ३०.२४ अङ्कले बढेर नेप्से २४१५ अङ्कमा कायम भएको हो ।

यस दिन सबै उपसमूह बढेका छन् । बैङ्किङ १७, विकास बैङ्क ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन बीमा १२९, अन्य ४१ र व्यापार उपसमूह १० अङ्कले बढेका छन् ।

कुल १६४ कम्पनीको मूल्य बढ्दा २५ को घटे भने ६ को स्थिर रह्यो । नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने आरएमडीसीको ९ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा शिवं सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैङ्क कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस