चुनावी पोस्टरमा अमेरिकालाई पठाएको गोप्य पत्र र दूतावासको रात्रीभोजको तस्बिर पनि राख्नुस् : भीम रावल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चुनावी पोस्टरमा अमेरिकालाई पठाएको गोप्य पत्र र दूतावासको रात्रीभोजको तस्बिर पनि राख्नुस् : भीम रावल


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)को चुनावी पोस्टरमा प्रशासक कुलमान घिसिङको तस्बिर प्रयोग गरेकोमा व्यङ्ग्य गरेका छन् ।

आज (बुधबार) सामाजिक सञ्जालमा रावलले चुनावी पोस्टरमा एमसीसीको पक्षमा अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्बिर पनि राख्न भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल जी, चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर मात्र किन तपाईँले महान् काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रम देउवासँगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्बिर पनि राख्नुहोस् । खुसी पार्ने सुनौलो अवसर छ ! कि कसो ?’

प्रचण्डसहितका नेता मंगलबार राति भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइको रात्रीभोजमा सहभागी हुन लैनचौरस्थित राजदूतावास पुगेका थिए । जसको सर्वत्र विरोध भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस