नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आयो : अध्यक्ष लिङ्देन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आयो : अध्यक्ष लिङ्देन


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगन्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैङ्कमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आएको बताएका हुन् ।

नेताहरुले कमिसन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैङ्कमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे ।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए ।

आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउँदै अध्यक्ष लिङ्देनले काँग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै भएको टिप्पणी गरे ।

उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बरबादीको बिन्दुमा पुर्‍याएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस