पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आइजिपी बनाउने सरकारको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आइजिपी बनाउने सरकारको निर्णय


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए ।

सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस