माओवादीले हटायो कुलमानको फोटो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीले हटायो कुलमानको फोटो


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।

सम्बन्धित समाचार : माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो

कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्बिरमा घिसिङको फोटो प्रयोग गरिएको थियो ।

तर अहिले त्यो पोस्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्बिर अङ्कित सामग्री राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस