युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ : बाइडेन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ : बाइडेन


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् ।

अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडेनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् ।

अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले नरसंहार शब्दको प्रयोग गरेको बाइडेनले बताए ।

‘हो मैले नरसंहार भनेँ, अब यो स्पष्ट छ कि पुटिन युक्रेन छ भन्ने विचारलाई नै नामेट पार्न लागि परेका छन्, यस्तो प्रमाण फेला परेका छन्,’ उनले भने ।

यसअघि राजधानी किभ नजिकैको बुचा सहरमा यत्रतत्र शव भेटिएपछि युक्रेनी राष्ट्रपतिले भोलोदिमीर जेलेस्कीले रुसले नरसंहार गरेको बताएका थिए । बुचामा शव भेटिएपछि रुसमाथि युद्ध अपराधको आरोप पनि लाग्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस