आयोगप्रति आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आयोगप्रति आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।

निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८ (४) पनि स्मरण गराएकी छन् ।

धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४)मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस