देउवाले डाके मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त हुन सक्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाले डाके मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त हुन सक्ने


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले अहिले १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्त गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ ।

चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अवकाश भएसँगै नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो । महानिरीक्षक खनालले अवकाशमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ ।

सम्बन्धित समाचार : सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

सिंहदरवार उच्च स्रोतका अनुसार ठाडो प्रस्तावबाट आजै नियुक्त पनि गर्न सक्ने छ र नयाँ नेतृत्व पनि बढीमा तीन साताका लागि मात्रै चयन गर्नुपर्ने भएकोले एकैचोटी पछि नै गर्ने कि भन्ने पनि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस