माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।

शिक्षक सेवा आयोगको नियमावली-२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ ।

आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस