यसरी गर्दैछ गठबन्धनले चुनावी तालमेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यसरी गर्दैछ गठबन्धनले चुनावी तालमेल


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा तहदेखि नै तालमेल गर्ने निर्णय गरेको छ ।

मङ्गलवार राति प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको हो ।

यस्ता छन् गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइनेसहित स्थानीय संयन्त्रहरूलाई पठाइएका मापदण्ड

१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने ।

५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ-आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

६. सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू

१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयीलाई आधार मान्ने ।(नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने)

२. गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने

३. २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।

५. गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।

Tags :
प्रतिक्रिया दिनुहोस