पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू(भागमा भने मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस