थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ५३१ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ११ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ ।

मंगलबार कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस