आयोगले देशव्यापी रूपमा आचारसंहिता पालनाको अनुगमन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयोगले देशव्यापी रूपमा आचारसंहिता पालनाको अनुगमन गर्ने


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले यसपालिको निर्वाचनदेखि देशव्यापी रूपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ ।

गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो ।

आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्र स्तरीय संयन्त्र भने रहने छैन ।

निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेको थियो ।

अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रीकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस