भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुरका मुख्य निर्वाचन अधिकृत हेरफेर


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

आयोगको हिजो (सोमबार)को निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मा दिइएको छ ।

रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्छ ।

यसअघि भरतपुरमा मतपत्र च्यातिने प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा कारबाहीका लागि उजुरीसमेत दिएको थियो ।

आयोगले भने मुख्य निर्वाचन अधिकृत हेरफेरलाई सामान्य भनेको छ । यसअघि पनि ७१ जना मुख्य निर्वाचनहरू हेरफेर गरिएका थिए ।

सम्बन्धित समाचार : निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस