नेपालमा सहरहरूको व्यवस्थापन गर्न सकिएको छैन : नेता खनाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा सहरहरूको व्यवस्थापन गर्न सकिएको छैन : नेता खनाल


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालमा सहरहरुको व्यवस्थापन गर्न नसकिएको बताएका छन् ।

आज (मंगलबार) सहरी विकास मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठी’मा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले बढ्दो सहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए । नेता खनालले अब गाउँ र सहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढङ्गको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

नेता खनालले भने, ‘हाम्रा जति सहरहरू छन्, ती सहरहरू व्यवस्थित हुन सकिरहेका छैनन् । सहरीकरणकै सुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजारदेखि ३ हजार वर्षको मेसोपोटेमियाको सभ्यतादेखि सुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन् । हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँ छ । त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ । त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ ।’

अनुसन्धान नगरी कुन कालखण्डको सहर भन्न नसकिने पनि नेता खनालले बताए । ‘त्यो कुन कालखण्डको सिटी हो ?मान्छेहरुले भने त्यो विराट राजाको दरबार हो भन्ने गरेका छन् । तर हो कि होइन, हामीले अनुसन्धान नगरीकन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो ‘राम जन्मेको अयोध्या चितवनमा छ’ भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवतभन्दा अगाडिको कुरा हो ।’

आजको युगमा सहरीकरणलाई व्यवस्थित बनाएर लैजाने कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्ने पनि नेता खनालले बताए । । त्यही अनुकूलको नीति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’

नेता खनालले नेपालका केही स्थानहरुमा पुराना सहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी आवश्यकता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस