अर्थतन्त्रका सूचकहरू नकारात्मक , मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा तेब्बर (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थतन्त्रका सूचकहरू नकारात्मक , मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा तेब्बर (सूचीसहित)


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले गठबन्धन सरकार बनेपछिको ८ महिनाको आर्थिक स्थितिको पछिल्लो विवरण सार्वजनिक गर्दै अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक देखाएको छ ।

राष्ट्र बैङ्कले आज (मंगलबार) सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव १४ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको यसै समयमा यस्तो मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थको मूल्यमा ७ दशमलव ५१ प्रतिशत र अन्यमा ६ दशमलव ८४ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

अघिल्लो फागुन महिनाको तुलनामा यस वर्षको सोही समयमा घिउ, तेल, तरकारी, दूधजन्य उत्पादन, अण्डा, दाल तथा गेडागुडीलगायत उपभोग्य वस्तुमा करिब २७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

त्यस्तै यातायात, वस्तु सेवा तथा शिक्षा लगायतका क्षेत्रमा १७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । समग्र क्षेत्रको हिसाब गर्दा अघिल्लो वर्षको तुलनामा तेब्बरसम्म मूल्यवृद्धि भएको छ ।

राष्ट्र बैङ्कले आयात ३८ दशमलव ६ र निर्यात ८२ दशमलव ९ प्रतिशतले बढाएको जनाएको छ । हाल शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोडले घाटामा रहेको र रेमिट्यान्स पनि ३ प्रतिशतले घटेको देखाएको छ ।

हाल कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलरमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस